पोखरा, २९ बैसाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।
विपक्षी दलको दाबी नपुगेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतले गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
उता गठबन्दकातर्फबाट नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपालीले प्रदेशप्रमुसामु मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर राष्ट्रिय जनमोर्चाका दुईजना सांसदले समर्थन नगरे पनि दावी अनुसारको सङ्ख्या उनीसँग पुग्न सकेन ।
आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन अघिनै बैशाख २६ मा राजीनामा दिएपछि गुरुङ काम चलाउ सरकारका मुख्यमन्त्री थिए ।