काठमाडौँ, २९ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४,४४४ कोरोना सङ्क्रमित उपचारपछि निको हुँदा ९,३०५ कोरोना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ३,९२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये सबै भन्दा बढी काठमाडौँमा ३,२५० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
अघिल्लो दिनभन्दा संक्रमण दर केही कमि देखिए पनि कोरोनालाई लापर्वाही नगर्न विज्ञहरुको सल्लाह रहेको छ । स्वास्थ्य विज्ञ डा. रबीन्द्र पाण्डेले तीनहप्तासम्म कोरोनाले भयावह रुप लिन सक्ने बताउँदै यो अवधिमा बढी सचेतना अपनाउँन आग्रह गरेका छन् ।