गण्डकी प्रदेशमा आज मुख्यमन्त्रीको ‘छिनोफानो’ हुने



काठमाडौँ, २९ वैशाख । आज गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो हुँदैछ ।  

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनका लागि आज अन्तिम मौका रहेकोले आजै यसको छिनोफानो हुने भएको हो । 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समय सीमा आज सकिंदैछ ।गुरुङले गत आइतबार राजीनामा दिएका पछि संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।

यदि यस निर्धारित समयमा विपक्षी दलहरूले बहुमत पुर्‍याउन सकेनन् भने प्रदेश सभामा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ । 

राजमोका एक जना सांसदले सहयोग नगर्दा विपक्षी दलले मङ्गलवार साँझसम्म पनि बहुमत पु¥याउन सकेका छैनन् । आज दिनभरमा कुनै चमत्कार भएन भने पुनः गुरुङ नै मुख्यमन्त्री हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्