इटहरीमा ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालन : प्रत्येक शय्यामा अक्सिजन


इटहरी, २९ बैसाख । इटहरीमा प्रत्येक शय्यामा अक्सिजन सहित ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरिएको छ । इटहरी उपमहानगरले छ शय्याको कोभिड अस्पताल सहितको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्टा छुट्टै ब्लकमा व्यवस्था सहित आइसोलेसन सञ्चालनमा ल्याएको बत्ताउनुभयो । आज  बेलुका देखि कोभिड संक्रमित बिरामी राखेर आइसोलेसन सञ्चालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

अक्सिजन नेवुलाइजर सहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी बस्ने उहाँले बत्ताउनुभयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड बमोजिमको गुणस्तरीय खानाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद सुवेदीले जानकारी दिनुभयो ।  इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले आइसोलेसन व्यवस्थित रहेको दाबी गर्नुभयो । उहाँले माइल्ड कोभिडका बिरामीलाई राखेर अक्सिजन नेवुलाइजरको सेवा समेत प्राप्त हुने जानकारी दिनुभयो । बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा स्वास्थ्यकर्मी सहित स्टेण्डवाइ रहने एम्बुलेन्स मार्फत अन्य अस्पताल लगिने बत्ताउनुभयो । 

इटहरी ९ रंगशालामा गत वर्ष पनि आइसोलेसन सञ्चालित थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने छ । 

प्रतिक्रिया दिनुहोस्