५ हजारभन्दा बढीले जिते कोरोना, २२५ जना सङ्क्रमितको मृत्यु


काठमाडौँ, २८ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजारभन्दा बढीले कोरोनालाई जितेका छन् । 

२० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सीमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९,४८३ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,९२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २,७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना सङ्क्रमित भेटिएका हुन् ।


कुल सङ्क्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय सङ्क्रमित छन् । हाल ४४८ जना सङ्क्रमित क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा २२५ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको सङ्ख्या २४ घण्टामा बढी देखिएको हो । योसहित नेपालमा ४,८४ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्