आइपुग्यो चिनबाट अक्सिजन सिलिन्डर बोकेको जहाज


काठमाडौँ, २८ वैशाख । चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर बोकेको जहाज नेपाल आइपुगेको छ ।

 बेइजिङबाट चार सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौँस्थित त्रिभवन विमानस्थलमा उत्रिएको हो ।

जहाजले४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटरगरि करिव ३० टन सामान बोकेर काठमाडौँ ल्याएको नेपाल एयरलाइन्सका महाप्रबन्धक डीम प्रकाश पौडेलले जानकारी दिएका छन् । 

चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये चार सय आज आएको र करिब २ हजार सिलिन्डर हवाइमार्गबाट र बाँकी स्थलमार्गबाट ल्याउने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्