गण्डकीमा विपक्षी गठबन्धन सरकार बनाउन असफल



पोखरा, २८ वैशाख । गण्डकी प्रदेशमा विपक्षी गठबन्धन सरकार बनाउन असफल देखिएको छ ।

 राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालले सहयोग नगरेपछि गण्डकी प्रदेशमा विपक्षी गठबन्धन सरकार बनाउन असफल भएको हो ।

 बहुमतको लागि ३१ सांसद चाहिनेमा उनले मत नहाल्दा नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बहुमत पुग्दैन । आइतबार पदबाट राजीनामा दिएका पृथ्वी सुब्बा गुरुङ नै दोहोरिने सङ्केत देखिएको छ । 

नयाँ सरकार गठनको पक्रियामा रहेको विपक्षी गठबन्दनलाई यसले ठूलो धक्का पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्