पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौँ, २८ वैशाख, काठमाडौँ । पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 


नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । 


अस्पताल श्रोतले दिएको जानकारी अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आए पनि पूर्व रानी कोमल शाह भने कोरोनामुक्त हुन सकेकी छैनन् । उनको अवस्थामा सुधार भएपछि केही दिनअघि आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्