उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय


काठमाडौँ, २८ वैशाख । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्ब्याइने भएको छ । 

कोरोनाको सङ्क्रमण दर झन्झन बढ्दै गए पछि आज काठमाडौँ, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो ।


यससँगै उपत्यकामा आउँदो जेठ १३ गतेसम्म निषेधाज्ञा जारी रहने छ । यसअघि, वैशाख २९ गते बुधाबारसम्मका लागि जारी गरिएको निषेधाज्ञा भोलि सकिँदै छ ।

बैठकमा अहिलेसम्मको निषेधाज्ञाको समीक्षा हुनुका साथै कोरोना सङ्क्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्