नयाँ सरकार गठनको पक्रिया सुरु : विपक्षी दलहरूको बैठक बस्दै


काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको पक्रिया सुरु भएको छ ।  


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न आज (मङ्गलवार) विपक्षी दलहरूको बैठक बोलाएका छन् ।


राष्ट्रपति कार्यालयबाट यसअघि नै नयाँ सरकार गठनका लागि प्रस्ताव आह्वान गरिसकेको छ । दिएको समय सीमाभित्र के कसरी नयाँ सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले आफ्नो पार्टीका शीर्ष नेतासहित नेकपा माओवादी केन्द्र, जसपा लगायत दलका शीर्ष नेतालाई दिउँसो २ बजे आफ्नै निवास (बुढानीलकण्ठ) मा बोलाएको एक काँग्रेस नेताले जानकारी दिएका छन् ।


यता जसपाका अध्यक्ष महन्त ठाकुरले भने यसअघि नै आफूहरू नयाँ सरकारमा सहभागी नहुने बताइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्