विस्वासको मत बहुमतले अस्विकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त


 
काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री ओलीले संसदसामु राखेको विश्वासको मत बहुमतले अस्विकृत भएको छ । यससँगै उनी प्रधानमन्त्री पदमुक्त भएका छन् । 


मतदान हुँदा प्रस्तावको पक्षमा ९३ मत परेको थियो भने उनको विपक्षमा १२४ मत खसेको थियो । 


नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका थिए भने माधव नेपाल पक्षका सांसदले अधिवेशनमै भाग लिएका थिएनन् । उता जनता समाजवादी पार्टी (जसपा)ले पनि तटस्थ बस्ने निर्णय गरेको थियो । 

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य सङ्ख्या कायम रहेको छ । दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीको स्थान रिक्त छ ।


विश्वासको मत लिने प्रस्ताव ससदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

विश्वासको मत माग्ने क्रममा उनले विशसको मत फेल भए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि अब अर्को सरकार गठनका लागि बाटो खुलेको छ । विश्वासको मत प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि प्रधानमन्त्री पद रिक्त भएको छ । अब नयाँ सरकार गठनका लागि तीन वटा विकल्प छ ।


संविधानको धारा ७६ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार, सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा अल्पमतको सरकार र कुनै सांसदको नेतृत्वमा बन्ने सरकार गरी तीन वटा सरकार बन्न सक्ने संविधानको परिकल्पना छ ।

प्रतिक्रिया दिनुहोस्