विश्वासको मत नपाए म मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री


काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने बताएका छन् ।


सोमबार प्रतिनिधिसभामा विश्वासको माग्नेक्रममा उनले उक्त कुरा बताएका हुन् ।


प्रधानमन्त्री ओलीले भने ‘सरकारको नेतृत्व छाडेर मार्गप्रसस्त गर्नु पर्छ भन्नेहरूले विपक्षमा मत हाले भई गो नि । छिनोफानो गर्ने ठाउँ यही हो । संसद्को आदेशसँगै मार्गप्रशस्त भइहाल्छ ।’ 


साथै उनले यसमा यसमा कुनै जालझेल र षड्यन्त्र नरहेको पनि बताए । 

प्रतिक्रिया दिनुहोस्