‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुनै आधार छैन’ उपेन्द्र यादव


काठमाडौँ, २७ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

 प्रतिनिधिसभाको बैठकमा बल्दै यादवले वर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुनै आधार नभएको बताए ।


अध्यक्ष यादवले प्रधान मन्त्रीमा कामभन्दा पनि उद्घाटन सभा सम्मेलनमा मोह रहेको आरोप लगाए । जनताको जिउ धनको रक्षा गर्न असफल सिद्ध भएको आरोप पनि लाए । साथै उनले लोकतन्त्रमा विधि र पद्धतिमा चल्नु पर्नेमा त्यसो नभएकोमा दुःख व्यक्त गरे । 


उनले सरकारको नारा समृद्ध नेपाल सुखी नेपालीको नारा परिवर्तन भएर ‘दरिद्र नेपाल दुःखी नेपाली’ भएको भनेर व्यङ्ग्य पनि गरे । 

प्रतिक्रिया दिनुहोस्