‘प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने नैतिक अधिकार नै छैन’ : प्रचण्ड


काठमाडौं, २७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो सदनसमक्ष विश्वासको मत माग्ने अधिकार नै नभएको बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता प्रचण्डले प्रधानमन्त्रीकै कारणले संविधानलाई मार्ने काम भयो । अहिले कुन नैतिकताको आधारमा विश्वासको मत लिन खोज्नु भएको हो’ भनेर प्रश्न गरे ।

उनले नैतिकताका आधारमा प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रसस्त गर्न अनुरोध गरे ।

नियमित अधिवेसन बोलाउनु पर्ने बेलामा विशेष अधिवेषन बोलाएकोमा उनले आपत्ति पनि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्