काठमाडौं, २७ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यो कुरा बताएका हुन् । आफ्नो धारण राख्दै उनले भने ‘प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था छैन । त्यसैले संविधानको धारा ७६ (२) बमोजिम अब सरकार गठन प्रक्रिया अघि बढाइनु पर्छ ।
देउवाले वर्तमान ओली सरकार अधिनायकवादी बनेको, गणतन्त्रमाथि खतरा पैदा गरेको कारण विश्वासको मत दिन नसक्ने बताए ।