काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजै (सोमबार) संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठक बोलाइए पनि एजेण्डाको बारेमा भने कुनै पनि सूचना बाहिर ल्याइएको छैन ।
प्रतिपक्षी दल तथा आफ्नै दलका माधव नेपाल तथा झलनाथ खनाल पक्षले समेत विस्वासको मत नदिने बताए पछि ओलीले विश्वासको मत पाउने कम संभावना रहेको छ । यस्तो बेलामा बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कुनै चमत्कार नभएमा ओली अल्पमतमा पर्ने र उनको सरकार स्वतः कामचलाउ हुनेछ । तर ओली भने आफूले विस्वासको मत नपाए पनि राजीनामा नदिने अडानमा छन् ।