एसईई र कक्षा १२ का परीक्षा स्थगित


काठमाडौँ, २७ वैशाख । कोरोनाको सङ्क्रमण झन् झन् बढ्दै गए पछि राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा–१२ को परीक्षा स्थगित गरेको छ ।

सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोनाको सङ्क्रमण झन् झन् बढ्दै गएकोले निर्धारित समयमा परीक्षा सञ्चालन गर्ने अवस्था नदेखिए पनि स्थगित गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । 


उनले भने ‘कोरोना सङ्क्रमण फैलिने क्रम जारी छ । त्यसैले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गरेका हौ ।’ 

बोर्डले जेठ १३ गतेबाट एसईई परीक्षा र जेठ २६ गतेबाट कक्षा १२ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।  हाल ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् ।


गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्