उद्योग वाणिज्य संघले सुन्दरहरैँचालाई दियो सिलिण्डर


सुन्दरहरैँचा, २६, वैशाख । सुन्दरहरैंचा उद्योग वाणिज्य संघले दोस्रो लहरको कोरोनाको सामना गर्न सहयोग पुगोस् भनेर सुन्दरहरैँचा नगरपालिकालाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीको बेला नागरिकलाई सचेतना जगाउँदै ‘ए हजुर, खै मास्क’ भन्ने अभियान नै सञ्चालन गर्दै आएको सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले नगरपालिकालाई अक्सिजन सिलिन्डर प्रदान गरेको हो । उद्योग वाणिज्य सङ्घले उपलब्ध गराएका सिलिण्डर बुझ्दै नगरप्रमुख शिवप्रसाद ढकालले नागरिकको जीवन रक्षाकालागि उपलब्ध गराएका अक्सिजन सिलिन्डरलाई रिफिल गरी कोभिडका बिरामीलाई अक्सिजन प्रदान गरिने बताए ।

१ सय ५० सिलिण्डर सङ्कलन गरिने जनाएको सङ्घले अहिले पहिलो चरणमा ३५ वटा सिलिण्डर उपलब्ध गराएको छ । वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद रिजालले महामारीमा निजी क्षेत्रले सकेको सबै सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्