गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा


पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । 

उनीविरुद्घ प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । 

गुरुङले राजीनामा दिनुअघि नेकपा एमाले संसदीय दलको बैठक बोलाएका थिए ।  प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकाल्दै अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ । साथै ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वानसमेत गरिएको छ । 

राष्ट्रिय राजनीतिमा देखिएको टसलले गर्दा आफूविरुद्घको अविश्वास प्रस्तावमाथि मतदान हुँदा पराजय हुने पक्का भए पछि उनने राजीनामा दिएको हुनसक्ने जानकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्