बेलबारीका युवाहरूद्वारा कोरोना रोकथाम तथा नियन्त्रण सचेतना कार्यक्रम सुरु


बेलबारी, २६ वैशाख । बेलबारीका युवाहरूले कोरोना रोकथाम तथा नियन्त्रण सचेतना कार्यक्रम सुरु गरेका छन् । बेलबारी यूथ युनिटी क्लब र युवा संघ नेपालको संयुक्त आयोजनामा सचेतना तथा मास्क, स्यानिटाइजर, पन्जा वितरण कार्यक्रम आइतबार देखी सुरु भएको हो ।

कार्यक्रमका संयोजक हेमन्त गुरुङका अनुसार वैशाख २८ गते सम्म कार्यक्रम हुने छ । कार्यक्रमको पहिलो दिन इलाका प्रहरी कार्यालय बेलबारी, ट्राफिक प्रहरी पोस्ट बेलबारी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षाबेश लक्ष्मीमार्ग, इलाका प्रहरी कार्यालय विराटचौक साथै बेलबारीका विभिन्न टोल विकास संस्थाहरूलाई २५ हजार बराबरको मास्क, स्यानिटाइजर, पन्जा वितरण गरेको संयोजक गुरुङले जनकारी दिएका छन् । 

युवाहरूले बेलबारी ३ स्थित लोकमार्ग दक्षिणमा हेल्प डेस्क पनि राखेका छन् । बाटोमा मास्क विना हिँड्ने मानिसहरूलाई अनिवार्य मास्क लगाउन अनुरोध गर्दै मास्क तथा स्यानिटाइजर प्रदान गरिरहेका छन् ।मास्क, स्यानिटाइजर, पन्जा लगायता कोरोनाबाट जोगिन सुरक्षाका सामाग्री वितरण पनि गरिरहेका छन् । 

अत्यावश्यक काम बाहेक घर बाहिर नहिँड्न र हिँड्नै परे मास्क अनिवार्य लगाउन र एक अर्कामा दुरी राखेर भेटघाट गर्न कार्यक्रमका संयोजक गुरुङले सबैलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्