धिमाल ऐतिहासिक परम्परागत भेषभुषा उत्पादन तालिम सम्पन्न


बेलबारी, २६ वैशाख । धिमाल जाती विकास केन्द्र र प्रथम जाती व्यवस्थापन समिति बेलबारीको संयुक्त आयोजनामा सञ्चालन गरिएको ऐतिहासिक परम्परागत भेषभुषा उत्पादन तालिम सम्पन्न भएको छ ।

वैशाख ५ गते उद्घाटन भएको उक्त तालिम २० दिनसम्म चलेको थियो । निषेधाज्ञाका कारण समापन कार्यक्रमलाई भिडभाड नगरी साधारण रूपमा समापन गरिएको थियो ।

बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले तालिमका सहभागीलाई प्रमाण पत्र वितरण गर्दै नगरकै पहिलो जातिको रूपमा घोषणा भएको धिमाल जातिलाई उद्यमी बनाएर उनीहरूको जीविकोपार्जनका लागि नगरपालिका लागिपरेको बताइन् । उपप्रमुख पराजुलीले धिमाल जातीय संस्थाले देखिने गरी काम गरेको र नगरपालिका सन्तुष्ट रहेको बत्ताइन । साथै उपप्रमुखले धिमाल जातीले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने पनि बत्ताइन ।

धिमाल जाती विकास केन्द्रका अध्यक्ष कवीन्द्र धिमालले प्रथम जातिको रूपमा घोषणा गरेर त्यसको विकासका लागि सहयोग गरेकोमा धन्यवाद दिए । उनले तालिममा सहभागीलाई सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्