धिमालको परम्परागत भेषभुषा उत्पादन गर्ने तालिम सम्पन्न



बेलबारी, २६ वैशाख । धिमाल जाती विकास केन्द्र नगर समिति बेलबारी र धिमाल प्रथम जाती व्यवस्थापन समिति बेलबारीको संयुक्त आयोजनामा सञ्चालन गरिएको ऐतिहासिक परम्परागत भेषभुषा उत्पादन तालिमको सम्पन्न  भएको  छ ।  

वैशाख ५ गते उद्घाटन भई २० दिनसम्म चलेको चलेको तालिममा ३० जना धिमाल जातीका महिलाहरूको सहभागिता रहेको थियो । निषेधाज्ञाका कारण समापन कार्यक्रमलाई भिडभाड नगरी साधारण रूपमा गरिएको आयोजकले जनाएको छ ।                               

 बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले तालिमका सहभागीलाई प्रमाण पत्र वितरण गर्दै नगरकै पहिलो जातिको रूपमा घोषणा भएको धिमाल जातिलाई उद्यमी बनाएर उनीहरूको जिविको पार्जनका लागि नगरपालिका लागिपरेको बताइन् ।

साथै उपप्रमुख पराजुलीले धिमाल जातीले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्ने काममा नगरपालिकाले समन्वय गर्ने बचनबद्धता पनि व्यक्त गरिन् । 


धिमाल जाती विकास केन्द्र नगर समिति बेलबारीका अध्यक्ष कवीन्द्र धिमालले तालिमले धिमाल जातिका महिलालाई उद्यमी बनाउन सहयोग पुग्नेमा आफू ढुक्क रहेको बताए । साथै उनले सहभागीहरूलाई आफूले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्