नेपाल–खनाल पक्षका सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर

काठमाडौँ, २६ वैशाख । पटक–पटकको छलफल र वार्ताबाट ठोस निर्णयमा पुग्न नसकेपछि नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारीमा पुगेका  छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहमति भन्दा पनि पार्टी फुटाउने मानसिकतामा रहेकोले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरू बताउँछन् । 

उता युवा पुस्ताका नेताहरू भने पार्टीलाई फुट्न नदिई एकढिक्का बनाएर लैजानु पर्छ भनेर लागिरहेका छन् । उता ती नेताहरूको पार्टीलाई मिलाएर लाने प्रयास पनि अध्यक्षका कारण खेर जाने सम्भावना बढी हुँदै गएको छ । 

लगातारको छलफल र वार्ताको वावजुद पनि सत्तारुढ दल नेकपा एमाले फुटको सङ्घार मा पुगेको छ । यदि कुनै चमत्कार नभएको खण्डमा यो पार्टी आधिकारिक रूपमै दुई वटा हुने देखिन्छ ।

नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर गरेर नेता माधव नेपाललाई बुझाइसकेका छन् ।
खनाल–नेपाल समूहले पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थामा फर्काउन आफूहरूले गरेको आग्रह पार्टी अध्यक्ष ओलीले नमानेकाले राजीनामा दिएरै पार्टीभित्रै सङ्घर्ष गर्नुको विकल्प नभएको बताए पनि यस कदमले आधिकारिक  रूपमै पार्टी विभाजनको बाटो कोर्ने जानकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्