धमाधम विकास निर्माणका काम हुँदै


बेलबारी, २५ वैशाख । जिल्लाभर गरिएको निषेधाज्ञाका कारण पूरै बजार बन्द भैरहँदा बेलबारी नगरपालिका वार्ड न ३ मा रहेको सुन्दरटोल विकास संस्थाका स्थानीयहरू भने सडक विस्तारको काममा व्यस्त देखिन्थे । यतिखेर सुन्दरमार्गमा रहेको गोदाबारी स्कुलदेखि कृषिमार्ग जोड्ने बाटोमा ब्लग विछ्याउने काम भैरहेको छ ।  

सुन्दर टोलविकासका सचिव योगेन्द्र बहादुर खड्काले दिएको जानकारी अनुसार नगरपालिकाको ७० र उपभोक्ताको ३० प्रतिशतको साझेदारीमा कुल ८ लाखको बजेटमा ब्लक विछ्याउने काम भैरहेको हो ।                                        

सरकारले गतवर्षजस्तो विकास निर्माणका काममा अवरोध नगरेकोले स्थानीयहरूले सुरक्षा मापदण्ड अपनाएर विकास निर्माणको कामलाई निरन्तरता दिइरहेका छन् ।                                                    

विकास निर्माणका कामले निरन्तर रूपमा चल्न पाउनुपर्छ भन्ने आफूहरूको मत रहेको स्थानीय डिल्ली जमर कट्टेल बताउँछन् । विकास निर्माणका काममा अवरोध नहुनु पनि बेलबारी एउटा महत्त्वपूर्ण विशेषता रहेको उनी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्