बेलबारी, २५ वैशाख । नेपाल सरकारको अनुरोधमा चीन सरकारले २० हजार खाली अक्सिजनका सिलिन्डर दिने भएको छ ।
उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन लागिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
ती सिलिन्डर ल्याउनका लागि वैशाख २७ गते नेपाल वायु सेवा निगमको विमान चीनतर्फ जाँदै छ ।