कोरोनाबाट पत्रकार दाहालको निधन


काठमाडौं, २५ वैशाख । कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहेका दाहालको उपचारका क्रममा आज बिहान उपचारको क्रममा निधन भएको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक–प्रकाशकका रुपमा सक्रिय थिए ।

दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । कोरोनाकै कारण अहिलेसम्ममा ८ जना पत्रकारको निधन भएको छ भने ६५० भन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्