संवैधानिक परिषद् बैठक आइतबार बस्दै



काठमाडौँ, २४ वैशाख । संवैधानिक परिषद् बैठक आइतबार बस्ने भएको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएसँगै आइतबार बैठक बस्न लागेको हो । 


आइतबार बस्ने बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने बढी सम्भावना रहेको बताइएको छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारीको स्थान रिक्त रहेको छ । 


सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्ने प्रावधान थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्