राष्ट्रियसभा सदस्यमा बादल र डा. देवकोटाको उम्मेदवारी दर्ता



हेटौँडा, २४ वैशाख । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् ।

दुवै जनाले वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।


डा. देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ । 
 उता नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्