नगरपालिका नगरबासीको स्वास्थ्यमा सचेत छ’ –मेयर ज्ञानेन्द्र सुवेदी


बेलबारी, २४ वैशाख । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरपालिका नगरबासीको स्वास्थ्यमा सचेत रहको बताएका छन् ।

कोशी नेपाल मिडियासँग कुरा गर्दै नगरप्रमुख सुवेदीले सो कुरा बताएका हुन् । कोरोनाको महामारी बढिरहेको बेलामा पत्रकारसँग कुरा गर्दै नगरपालिका यतिखेर कोरोनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्दै नगरबासीको सुरक्षामा निरन्तर लागिरहेको बताए ।  

नागरिकको सुरक्षाकै लागि नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको पालना गर्दै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कनसमेत नगरप्रमुख सुवेदीले आग्रह गरेका छन् । कोरोनाको सङ्क्रमणको यो घडीमा सम्पूर्ण नगरबासीलाई संयमित हुनसमेत नगरप्रमुख सुवेदीले अनुरोध गरेका छन् । नगरपालिकाबाट अस्पतालसम्म पुर्‍याउन निःशुल्क रूपमा एम्बुलेन्स सेवा सञ्चालनमा रहेको, कुनै पनि समस्या भएमा तुरुन्त सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् । 

कोरोनाको जोखिमलाई कम गर्ने उद्देश्यले बेलबारी नगरपालिकाले नगरक्षेत्र भित्रका सैलुन, जिमखाना, ब्युटिपार्लर लगायतका भिडभाड हुने व्यावसायहरू यस अघि नै बन्द गर्ने निर्णय गरिसकेको थियो । 

बेलबारी नगरपालिकामा ४३ जना कोरो सङ्क्रमित रहेकोमा ६३ वर्षी एकजना पुरुषको यसअघि नै मृत्यु भैसकेको छ । 

प्रतिक्रिया दिनुहोस्