निजी अस्पताललाई कोभिड उपचारको लागि पाँच बेड छुट्ट्याउन उपमहानगरको आग्रह


सुनसरी, २३ वैशाख । कोभिड संक्रमण बढ्दै गएको वेला इटहरी उपमहानगरले इटहरीका निजी अस्पतालहरूसँग कोभिड उपचारका लागि पाँच बेड छुट्ट्याउने विषयमा छलफल गरेको छ । 

इटहरीमा १५ बेड सम्म सञ्चालन भएका अस्पतालहरू सँग छलफल गरिएको हो । छलफलमा कोभिड संक्रमणको जोखिम पूर्ण परिस्थितिलाई मिलेर सामना गर्न पाँच शय्या कोभिड उपचारमा छुट्ट्याउने उपमहानगरले गरेको प्रस्तावमा निजी अस्पतालहरू सकारात्मक देखिएका छन् ।

व्यवस्थापकहरू बिच आन्तरिक छलफल गरेर अर्को बैठकमा निर्णय दिइने निजी अस्पताल सञ्चालकहरूले बत्ताएको उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले बत्ताउनुभयो ।

निजी अस्पतालमा छुट्टै फिवर  क्लिनिक राखेर अन्य  बिरामी र कोभिडका बिरामीलाई सुरक्षित साथ उपचार गराउन तयारीमा लाग्न उपमहानगरले निजी अस्पताल सँग प्रस्ताव गरेको हो । 

छलफलमा इटहरीको सामुदायिक,मेदान्त,एपेक्स र  पशुपति मोडल अस्पतालका सञ्चालकको सहभागिता थियो । यसैबिच इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीमा रहेका अक्सिजन उद्योगहरूको अनुगमन गरिएको छ । 

इटहरीका दुईवटा अक्सिजन उद्योगको अनुगमन पछि उपप्रमुख गौतमले इटहरीमा अक्सिजनको अभाव नहुने बत्ताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्