प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक



काठमाडौँ, २३ वैशाख । कोरोना सङ्क्रमण तथा समसामयिक राजनीतिक विषयमा छलफलका लागि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज (बिहीबार) साँझ ५ बजे बोलाइएको बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना सङ्क्रमणमा सरकारले गरिरहेको प्रयास तथा अन्य समसामयिक विषयमा छलफल गरिने श्रोतले जनाएको छ ।


यसअघि प्रधानमन्त्री ओलीले आफू निकट स्थायी कमिटीको बैठक राखेर अवको रणनीतिको बारेमा पनि छलफल गरेका थिए । राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ उम्मेद्वार बन्ने प्रधानमन्त्री ओलीले घोषणा गरिसकेको भए पनि यसबारेमा आजको स्थायी कमिटीको बैठकले ठोस निर्णय भने गर्न सकेन ।


मन्त्रिपरिषद्को बैठक आह्वान गरे लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्