बेलबारीमा बिहिबारदेखि जिमखाना, सैलुन तथा ब्यूटिपार्लर बन्द हुने


बेलबारी, २३ वैशाख । कोरोनाको जोखिमलाई कम गर्ने उद्देश्यले बेलबारी नगरपालिकाले नगरक्षेत्र भित्रका सैलुन, जिमखाना, ब्युटिपार्लर लगायतका भिडभाड हुने व्यवसायहरू अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।  

कारोना महामारीको जोखिम बढ्दै जानथालेपछि बुधबार नगरस्तरीय नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

यस्तै विवाह, व्रतबन्ध सभा सम्मेलन, खेलकुद लगायतका अन्य सामाजिक कार्यहरूमा १५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको बेलबारी नगरपालिकाका प्रमुख एवम् नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीले जानकारी दिएका छन् । 

बिहिबारबाट सम्पूर्ण पसल व्यवसायहरू भने बिहान पाँच बजेदेखि साँझ ७ बजे सम्मा मात्र चल्न पाउने छन् । नगरपालिकाले यसको नियमित अनुगमन गर्नेसमेत नगरप्रमुख सुवेदीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्