बढी शुल्क असुल्ने निजी अस्पताललाई कडा कारबाही गर्ने सरकारको चेतावनी



काठमाडौँ, २२ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालले कोरोना उपचारको नाममा बढी शुल्क असुल्ने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय कोरोनाको बाहानामा केही अस्पतालले चर्को शुल्क लिइरहेको  जन गुनासो आएको भन्दै मन्त्रालयले विज्ञप्ति नै निकालेर बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिएको हो ।


काठमाडौँ मेडिकल कलेज सिनामङ्गलले एक दिनको शुल्क ३० हजार रुपैयाँसम्म र ह्याम्स अस्पतालले दिनको ५० हजार रुपैयाँसम्मको शुल्कको सूची सार्वजनिक गरेसँगै चौतर्फी विरोध भइरह पछि सरकारले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ । 


बढी शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालयमा खबर गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्