काठमाडौँ, २२ वैशाख । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
हिजो बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद सचिवालयमा बुझाउने माओवादीका नेता लिलामणि पोखरेलले जानकारी दिए ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय आएलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।
ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै सर्वत्र आलोचना हुँदै आएको थियो ।