भारतमा २४ घण्टामा ३ लाख ५७ हजार २२९ जनामा कोरोना संक्रमण पुष्टि


नयाँदिल्ली, २२ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २२९ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समययता दैनिक साढे तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म २ लाख २२ हजार ४०८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । भारतमा हालसम्म २ करोड २ लाख ८२ हजार ८३३ जनामा कोरोना संक्रमण भइसकेको छ ।

भारतमा संक्रमितको उपचारका लागि आइसियु, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शव जलाउन घाटमा घण्टौँ कुरेको र नयाँ घाट निर्माण गरिरहेका भिडियोहरू भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गर्दै आएका छन् ।संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ । संक्रमितको उपचारका लागि भारतलाई अरुदेशले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्