ममता बेनर्जी तेस्रो कार्यकालका लागि पश्चिम बङ्गालकी मुख्यमन्त्री बन्दै


एजेन्सी, वैशाख २२ । विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताएर आफू भने पराजित हुन पुगेकी पश्चिम बङ्गालकी ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कङ्ग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा सपथ लिन लागेकी हुन् ।


गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा बेनर्जी तृणमूल कङ्ग्रेस छोडेर गएका उनकै क्याबिनेटका पूर्व मन्त्री शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् ।


चुनावमा पराजित भए पनि बेनर्जीलाई भारतीय संविधानको धारा १६४ (४) ले अर्को कार्यकालका लागि मुख्यमन्त्री बन्ने बाटो रोकेको छैन ।   
बेनर्जीको उक्त धारामा टेकेर अहिले मुख्यमन्त्रीको सपथ लिने र पछि छ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर आउने योजना रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्