राष्ट्रिय जनगणनाका कार्यक्रम स्थगित



काठमाडौँ, २० वैशाख । कोरोनाले महामारीको रूप लिए पछि सरकारले राष्ट्रिय जनगणनाका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । 
आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।


मन्त्री गुरुङले दिएको जानकारी अनुसार आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । १२ औँ जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् । नेपालमा हरेक १०–१० वर्षमा हुँदै आएको जनगणनाका लागि अहिले गणक तथा सुपरिवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो । 

प्रतिक्रिया दिनुहोस्