आजबाट हवाई उडान बन्द गर्ने सरकारको निर्णय



काठमाडौँ, २० वैशाख । सरकारले आजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज सोमबार रातिदेखि आन्तरिक र बुधवार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । कोरानो सङक्रमण बढ्दै गए पछि सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । तर आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ । 


सडक यातायात बन्द गर्ने निर्णय गरे पनि हवाई यातायात भने खुल्ला गर्दा सङ्क्रमणको जोखिम कायम रहेको भन्दै सबैतिर विरोध भइरहे पछि सरकारले सीसीएमसीको सफिारिस अनुसार हवाई उडानसमेत बन्द गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस्