बेलबारी, १८ वैशाख । बेलबारीमा कोरोना सङ्क्रमणको दर तीव्र रूपमा बढिरहेको छ ।
शनिवार बिहानसम्म बेलबारीका विभिन्न वडामा गरी १२ जना सङ्क्रमित भेटिएका छन् । सबैभन्दा बढी बेलबारी ३ नं वाडामा एकै परिवारका ४ जना सहित ५ जना भेटिएका छन् भने १ नं वाडामा २ जना, २ नं वाडामा मा १ जना, ४ नं वाडामा मा २ जना, ११ नं वाडामा १ जना र १० नं वाडामा १ जना गरी १४ जना सङ्क्रमित फेला परेको बेलबारी नगरपालिकाले जानकारी दिएकाे छ ।
बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी एवम् काेराेना फाेकल पर्सन सन्ताेष विश्वकर्माका अनुसार सङ्क्रमण दर बढेपछि परीक्षणको दायरालाई बढाइएकाे छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएपनि पिसिआर परीक्षण गर्दा पुनः रिपोर्ट पोजेटिभ देखिएकाेसमेत उनले बताए । बेलबारीमा तीव्र रूपमा कोरोना सङ्क्रमण फैलिइरहेका कारण सचेत रहनसमेत उनले सबै नगरबासी सामु आग्रह गरेका छन् ।