विराटनगर, १८ वैशाख । कोरोना सङ्क्रमण दर तीव्र भएपछि विराटनगर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । शनिवार राति १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाद्वारा निषेधाज्ञा जारी गर्दै विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक सातासम्म निषेधाज्ञा जारी रहने भनिएको छ । शुक्रवार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको थियो ।
अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।