मोरङ, सुनसरी, झापा सहित २२ जिल्ला कोरोनाको उच्च जोखिम सूचीमा



मोरङ, १७ वैशाख । मोरङ लगायत २२ जिल्लालाई सरकारले कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बताएको छ । कोरोनाभाइरस सङ्क्रमण डरलाग्दो गरी फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रवार सूचना  जारी गर्दै सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।


मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कुनै पनि मार्गबाट देश विदेश जाने आउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरू पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरिएको हो ।


मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई कोरोनाको अति  प्रभावित जिल्लाको सूचिमा राखेको छ ।   

प्रतिक्रिया दिनुहोस्