सुनसरीमा आजदेखि लकडाउन



इटहरी, १७ वैशाख । कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

सुनसरी जिल्ला प्रशासन कार्यालयको बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबारदेखि बैशाख ३१ गतेसम्म लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।


बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई कोरोनाबाट सुरक्षित बनाउन शुक्रवार १२ देखि २४ वैशाखसम्म निषेधआज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।


निषेधाज्ञा जारी गरिएका क्षेत्रहरूमा धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोसी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिक रहेका छन् । निषेधाज्ञा जारी गर्दै अत्यावश्यक कामबाहेकका सबैलाई घरबाट बाहिर ननिस्कन भनिएको छ ।


स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी तथा कर्मचारी, पत्रकार, खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरु, दूध, पानीका सवारीहरु निर्वाध रुपमा चल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्