इटहरी उपमहानगरमा तिव्र वजार अनुगमन


इटहरी, १६ बैसाख । इटहरी उपमहानगरले वजार अनुगमनलाई तिव्र वनाएको छ । उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा आज आँपगाछी र तरहरा बजारमा अनुगमन गरिएको छ ।

आपगाँछीका २ र तरहराका ७ गरि ९ वटा पसल अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रिएका समान फेला परेकाले वरामद गरि नष्ट गरिएको छ । उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईका अनुसार कोकाकोला,स्प्रिाइट,रियल जुस,हुलास वेसन लगायतका समान म्याद गुज्रिएको पाइएकाले वरामद गरि नष्ट गरिएको हो । इटहरीमा निरन्तर वजार अनुगमन गरिने उपमेयर गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्