इटहरीमा कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय वनाउने


इटहरी, १६ बैसाख । इटहरी उपमहानगरमा कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय वनाउन थालिएको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण नगरस्तरीय समितिको वैठकले गरेको निर्णय वमोजिम टोल विकास संस्थाहरुलाई सक्रिय वनाउन थालिएको हो ।

सो निर्णयलाई कार्यान्यन गर्न वडा नम्वर ९ को आयोजनामा टोल विकास संस्थाका अध्यक्षहरु र सरोकारवालाहरुको वैठक सम्पन्न भएको छ । वडाध्यक्ष भूपेन्द्र बरालका अनुसार आफनो टोलमा विदेश वाट आएका ब्यक्तिहरु,पोजेटिभ विरामीको सम्पर्कमा आएका ब्यक्तिहरु र परीक्षण सिफारिस भई नतिजा आइसकेका व्यक्तिहरुले १० दिन सम्म क्वारेण्टिनमा वसे नबसेको टोल विकास सस्थाले निगरानी गर्ने निर्णय गरिएको छ ।

क्वारेण्टिन वा होम आइसोलेसनमा वसेका ब्यक्तिहरुलाई आवश्यक सर सहयोग जुटाउन समेत टोल विकास संस्थाहरुले भूमिका निर्वाह गर्ने छन । होम आइसोलेसनमा वसेका टोलवासीहरुले अपनाउनु पर्ने सावधानीका वारेमा जानकारी गराउने र सावधानी अपनाएको नअपनाएको वारेमा अनुगमन समेत गर्ने छन । टोलमा हुने जुनसुकै जमघटमा २५ जना भन्दा वढि भेला हुन नदिने र भएमा वडाकार्यालयमै रिर्पोटिङ्ग गर्ने छन । टोलमा रहेका हाटबजारमा स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गराउन आवश्यक सहयोग तथा पहलकदमी लिने वैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्