हाटबजार बन्द गर्ने बेलबारी नगरपालिकाको निर्णय


बेलबारी, बैशाख १६ । कोरोनाको संक्रमण बढ्दै गए पछि बेलबारी नगरपालिकाले साप्ताहिक रुपमा लाग्ने सम्पूर्ण हाट बजाहरू बन्द गर्ने निर्णय गरेको छ ।

उच्च सतर्कता अपनाउनु पर्ने संघीय सरकारको निर्णयसँगै नगरपालिकाले एक सूचना जारी गर्दै नगरभरिका सम्पूर्ण दैनिक तथा साप्ताहिक रुपमा लाग्ने हाट बजार बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहद्वारा हस्ताक्षरिक सूचनामा भनिएको छ –कोरोनाको दोश्रो चरणको महामारी तिव्र रुपमा फैलिरहेको, नेपाल सरकारलेसमेत मोरङ जिल्लालाई अतिसंवेदनशील जिल्लाको सूचिमा राखेको हुनाले आम नगरवासीको स्वास्थ्यमा ख्याल राख्दै मिति २०७८ बैशाख १६ गतेका दिनदेखि लागु हुने गरी अर्को सूचना नआउन्जेलसम्मका लागि साप्ताहिक रुपमा लाग्ने हाट बजारहरू बन्द गर्न यो सूचना जारी गरिएको छ ।’

बेलबारी नगरपालिकाले एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिरहेको छ । हाल सम्ममा बेलबारी नगरपालिकामा ५ जना कोरोना पोजेटिभ भेटिएका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्