बेलबारीको ५ सहकारी संस्था एकीकरणले बनो पञ्चदीप : अध्यक्षमा लक्ष्मण थापा निर्वाचित


बेलबारी, १४ चैत । बेलबारीका ५ वटा सहकारी संस्था मिलेर बनेको पञ्चदीप बचत तथा ऋण सहकारी संस्था, बेलबारी २ को साधारणसभा सम्पन्न भएको छ । बेलबारी २ स्थित शिक्षा सन्देश स्कुलमा शनिवार सम्पन्न पहिलो साधारण सभाबाट लक्ष्मण थापा अध्यक्षमा चयन भएका छन् ।

बेलबारी २ का सयपत्री, गोल्डेन फ्यूचर, लालभित्ति, कबीर र संरक्षण साकोसको एकीकरण पश्चात् बनेको पञ्चदीप साकोसको थापाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा सिताराम न्यौपाने, सचिवमा दीपक शर्मा, कोषाध्यक्षमा भिम कुमारी मगर, सहसचिवमा पुष्पराज भण्डारी चयन भएको छन् भने सदस्यहरूमा राजु परियार, भूपाल बस्नेत, राजेन्द्र प्रसाद गिरी, दिलकुमारी नेम्हाङ, बिन्दा दाहाल र टोमा नेपाल चयन भएका छन् ।

लेखा तथा सुपरिवेक्षण समितिका संयोजकमा तीर्थबहादुर न्यौपाने, सदस्यहरूमा शिवकुमार तामाङ र कमला निरौला चयन भएकी छन् । निर्वाचन समितिको संयोजकमा गणेश प्रसाद दाहाल, सदस्यमा फणीन्द्रबहादुर थापा र खगेन्द्र ओझा थिए ।

खुल्लासत्र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख–आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना प्रदान गर्दै प्रमुख सुवेदीले सहकारी क्षेत्रको विकासको लागि नगरपालिकाको सधैँ सहयोग रहने बताएका छन् । पञ्चदीपलाई नयाँ व्यवस्थापनमा सहजहोस भनेर नगरपालिकाले कार्यालय व्यवस्थापनका केही सामाग्रीहरू प्रदान गर्ने सुवेदी बताए ।

कार्यक्रममा प्रदेश सहकारी रजिष्टर कार्यालयका अधिकृत दुण्डीराज दुलाल, लालीगुराँस साकोसका अध्यक्ष दुर्गाप्रसाद गौतम, बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रताप थापा लगायतले शुभकामना प्रदान गरेका थिए ।

नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालयद्वारा जारी गरिएको सहकारी ऐन २०७४ को प्रावधान बमोजिम एक व्यक्ति एक सहकारीलाई पुरा गर्न बेलबारी २ मा सञ्चालित ५ वटा सहकारी संस्थाहरू एकीकरण गरेको पञ्चदीपका नव निर्वाचित सदस्य राजु परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्