सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न


प्रतिमा लिम्बु – विराटनगर, २ चैत । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र मोरङ शाखाद्वारा आयोजित सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सञ्चारगृहलाई आवश्यक पर्ने दक्षजनशक्तिको पूर्तिका लागि पत्रकारिता सम्बन्धी विराटनगर वडा नं. १५ स्थित पाथीभरा ईन होटेलको सभाहलमा सम्पन्न भएको हो ।

फागुन २५ गते देखी सुरु भएको तालिममा मोरङ, सुनसरी, झापा, धनकुटा, सप्तरी, सिराहा र उदयपुरका ३० जना महिला सहित ४० जनाको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघका पूर्व–अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिएका थिए भने व्यवस्थापन सङ्घर्ष पन्तले गरेकी थिइन । समापन कार्यक्रममा सहभागी ४० जनालाई आयोजकले प्रमाणपत्र वितरण गरेको छ ।

समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका अध्यक्ष विक्रम लुइँटेल, केन्द्रीय समितिका पूर्व–उपाध्यक्ष यज्ञ शर्मा, मोरङ शाखाका सचिव अर्जुन आचार्य लगायतको उपस्थिति रहेको थियो । सात दिने आधारभूत पत्रकारिता तालिम नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्