बेलबारी नगरपालिकाद्वारा अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण


बेलबारी, २ चैत । बेलबारी नगरपालिकाले कबिर मा.वि, बेलबारी २ मा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बेलबारी अपाङ्ग सेवा सङ्घको प्रस्ताव अनुसार सो शैक्षिक सामाग्री नगरपालिकाले प्रदान गरेको हो ।

नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारी अपाङ्ग सेवा सङ्घका सचिव दिनेश कोइरालालाई नगरपालिकाले २ थान ल्यापटप, ७ थान लाउड स्पिकर, ८ थान अडियो डिभाइस, ७ थान पेन ड्राइभ आइतबार हस्तान्तरण गरेका हुन । अपाङ्गता भएका विद्यार्थीहरूलाई अध्ययन गर्न सहजहोस भन्ने उद्देश्यले सो सामाग्री हस्तान्तरण गरेको नगर प्रमुख सुवेदीले बताए ।

बेलबारी अपाङ्ग सेवा सङ्घका सचिव कोइरालाले नगरपालिकालाई धन्यवाद प्रदान गर्दै कबिर स्कुलमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई उक्त प्राप्त सामाग्रीले अध्ययनमा सहज हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्