भाउन्ने कप नकआउट फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक : रू.४ लाख ३० हजार नाफा


बेलबारी, १ चैत । फागुन ४ गते सम्पन्न ‘भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०७७’ को आय-व्यय भाउन्ने यूथ क्लब, बेलबारीले सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन गर्दै आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार प्रतियोगिताबाट क्लबलाई ४ लाख ३० हजार ३ सय ५२ रुपैयाँ मुनाफा भएको छ । बचत गर्न सफल रकमले क्लबको भवन तथा खेलमैदान मर्मत सम्भार गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा कुल रू.११ लाख ४८ हजार २ सय १० मा रू.७ लाख १७ हजार ८ सय ५८ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

बेलबारी नगरपालिका, वडा कार्यालय, वैदेशिक रोजगारमा गएका युवाहरू, स्थानीय संघसंस्था तथा स्थानीयवासीद्वारा प्रतियोगिता सफल बनाउन आर्थिक सहयोग भएको थियो । सोही सहयोगदाताहरूलाई क्लबका अध्यक्ष सन्तोष तामाङले धन्यवाद प्रकट गरेका छन् । पत्रकार सम्मेलनमा प्रतियोगिताको लेखा संयोजक आशिस सुब्बा, क्लबका सल्लाकार अमिर मगर, हरि लिम्बु र ज्ञानु लिम्बुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्