मणिराम दाहाल – सुन्दरहरैंचा, १ चैत। नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय सदस्यहरूको भेलाद्वारा मोरङ जिल्लाको अध्यक्षमा सुन्दरहरैंचा विराटचोकका डिल्लीप्रसाद ढकाल सर्वसम्मत रूपमा चयन भएका छन् ।
विराटनगरमा भएको महासंघको केन्द्रीय सदस्यहरूको भेलाद्वारा सचिवमा मनोज अग्रवाल , इन्चार्ज माधवराज थापा , सह इन्चार्जमा सन्तोष शाह तथा अरुण राठी चयन भएका छन् । महासंघको सदस्यहरूमा ५५ जना चयन भएका छन् ।
राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय सदस्यहरूको भेलाद्वारा मोरङ जिल्लाको अध्यक्षमा चयन भएका ढकाल सुन्दरहरैंचा क्षेत्रका उदयमान युवा व्यवसायी हुन् । उनी इन्द्रपुर जेसिजका पुर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व उपाध्यक्ष, मनकामना अटो मोवायल्सका सञ्चालक तथा रफ्तार इन्भेस्टमेन्ट प्रा. लि का ड्राईरेक्टर समेत हुन् ।